ललितपुरको सानेमा हाइटमा रहेको होटल एल्लो दरबारले शारीरिक सुगठनका खेलाडी महेश्वर महर्जनलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । थाइल्यान्डमा भएको शारीरिक सुगठनको विश्वस्तरको प्रतिस्पर्धामा स्वर्ण पदक विजेता महर्जनलाई एक कार्यक्रमकाबीच होटल एल्लो दरबारकी प्रमुख सुवर्ण श्रेष्ठले ब्रान्ड एम्बेडर घोषणा गरेकी हुन ।

होटल ‘एल्लो दरबार’को ब्रान्ड एम्बास्डरमा महेश्वर महर्जन

स्पोर्टस हबकारुपमा समेत विस्तार भैरहेको होटल एल्लो दरबारले सो अवसरमा महर्जनलाई सम्मानसमेत गरेको थियो । होटलले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले महर्जनलाई उक्त सम्मान प्रदान गरेका थिए । यसैगरी एल्लो दरबारको हेल्थ क्लबका सदस्यहरूले पनि महर्जनलाई नगर ५० हजार रुपैयाँसहित सम्मान गरेका थिए । इन्टरनेसनल क्लबमा महेश्वर प्रशिक्षकका रूपमा समेत रहेका थिए ।

होटल ‘एल्लो दरबार’को ब्रान्ड एम्बास्डरमा महेश्वर महर्जन

महेश्वरलाई सम्मान गर्दै उपाध्यक्ष तिम्सिनाले एल्लो दरबारले स्पोर्ट्स भिलेजका रूपमा आफ्नो होटललाई विकास गर्न लागेकामा खुसी व्यक्त गर्दै खेलाडीलाई सहयोग गर्ने रणनीति उपयुक्त भएको बताए । उनले अब खेलकुदमा परिवर्तन हुने र अवसरवादीभन्दा पनि प्रतिभावानले अवसर पाउने बताए ।

होटल ‘एल्लो दरबार’को ब्रान्ड एम्बास्डरमा महेश्वर महर्जन

होटलकी प्रमुख सुवर्ण श्रेष्ठले होटल एल्लो दरबारले स्पोर्टको हबका रूपमा विकास गर्ने बताइन् । हाल सो होटलमा पौडी, ब्याडमिन्टन,लङटेनिसलगायतका स्पोर्टस संरचना रहेका छन् । कार्यक्रममा महेश्वर महर्जनले जीवनमा फिटनेसको ठूलो महत्व रहेको र होटलले यसलाई फोकस गरेकोमा खुसी व्यक्त गरे ।