हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बाजुरा जिल्लाको विकट खप्तड छेडेदह गाउँपालिका अन्तर्गत डोगाडी—५, छेडेदहमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

सो शाखाको उदघाटन छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले गरेका हुन ।

बैंकले उक्त शाखाबाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने जानकारी दिएको छ ।