सिद्धार्थ बैंकले सोलुखुम्बुको लुक्ला स्थित खुम्बु पासाङ ल्हामु गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

सगरमाथा आरोेहण गर्न पर्यटकहरूको घुइँचो रहने हुनाले पर्यटकको सुविधाका लागिे शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकका देसभरि १४९ शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १६० एटिएम र १२ सया बढी पियोएस मेसिन छन् ।