मुलुक समृद्धिका लागि उद्योगी व्यवसायीहरुको अहमं भूमिका रहेको भन्दै उनीहरुको जायज मागप्रति सरकार सकारात्मक र प्रतिवद्ध रहनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

शनिबार राजधानीको एल्लो प्यागोडा होटलमा सम्पन्न देशभरका उद्योगी व्यवसायी संघहरुको छाता संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो साधारणसभामा आफ्नो धारणा राख्दै उनीहरुले सो कुरा बताएका हुन ।

महासंघको साधारणसभालाई उदघाटन गर्दै प्रमुख अतिथिसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्योगी, व्यवसायी तथा सरकार सबैले आ–आफ्नो तर्फबाट समस्याको पहिचान र समाधानको लागि सकारात्मक ढंगले लाग्नुपर्ने बताए । उनले व्यवसायीहरुको जायज माग पुरा गर्न सरकार पछि हट्न नहुने भन्दै यसका लागि आफुपनि व्यवसायीहरुलाई सघाउन तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

व्यवसायीका जायज मागप्रति सरकार प्रतिवद्ध बन्नुपर्नेमा जोड

संस्थाका अध्यक्ष नरेस कटुवालको सभापतित्वमा सम्पन्न साधारणसभामा पूर्वअर्थमन्त्री डा रामशरण महत र काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको विशिष्ट आतिथ्यता रहेको थियो भने विशेष अतिथिका रुपमा पूर्वअर्थसचिव नारायणराज तिवारी, वरिष्ठ अर्थविद चन्द्रमणी अधिकारीको सहभागिता रहेको थियो ।

कार्यक्रममा यस्तै विशेष अतिथि पूर्वअर्थमन्त्री डा. रामशरण महतले व्यवसाय र उद्यमशिलता कसरी बढाउने भन्नेमा व्यवसायीहरु प्रतिवद्ध रहनुपर्ने बताउदै उद्योगी–व्यवसायीहरुको जायज माग सरकारले पनि खुल्ला दिलले सुनिदिनुपर्ने र त्यसलाई समाधान गर्नेतर्फ लाग्नुपर्ने धारणा राखे । उनले अहिलेको मूल एजेण्डा नै आर्थिक समृद्धि भएकाले त्यसका लागि शान्ति सुरक्षा, काम गर्ने वातावरण, प्रविधिको प्रयोग तथा उद्यमशीलता आवश्यक रहेको र यस्तो वातावरण निर्माणमा सरकार सकारात्मक बन्नुपर्ने बताए ।

व्यवसायीका जायज मागप्रति सरकार प्रतिवद्ध बन्नुपर्नेमा जोड

बरिष्ठ अर्थविद चन्द्रमणी अधिकारीले प्रतिष्पर्धात्मक र खुल्ला बजार अर्थनीति रहेको अहिलेको अवस्थामा अस्वस्थ प्रतिष्पर्धा बढेको भन्दै स्वस्थ प्रतिष्पर्धा बढाउन महासंघ सफल रहोस भन्दै सरकारले पनि यसका लागि आवश्यक नीति नियम तर्जुमा कञ्जुसाई गर्न नहुने बताए ।

करदाता सेवा कार्यालय नयासडकका प्रमुख डा. रामप्रसाद मैनालीले करको विषयमा बृहतरुपमा जनचेतना फैलाउन आवश्यक रहेको बताउदै तर्साएर भन्दा पनि स्वस्र्फुतरुपमा फर्मदर्ता गरेर राज्यको नीति नियमको दायरामा आउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले देशमा सञ्चालित उद्योग व्यवसाय फष्टायो भनेमात्रै राष्ट्र आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्नसक्ने धारणा राख्दै साना तथा मझौला उद्योगी तथा व्यवसायीहरूलाई कसरी सहयोग पु¥याउन सकिन्छ भन्ने कुराहरूतर्फ सचेत हुँदै सरकारले त्यसै अनुरूपको नीति र कार्यक्रमहरू ल्याउनु जरुरी रहेको बताए ।

व्यवसायीका जायज मागप्रति सरकार प्रतिवद्ध बन्नुपर्नेमा जोड
 यस्तै संघका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले महासंघ छोटो समयको अन्तरालमा नै समाजमा स्थापित हुन सक्षम भएको दावी गर्दै संघलाई अझ सुदृढ बनाउँदै अघि बढाइने बताए ।

साधारणसभामा महासचिव टेकबहादुर शाक्य ‘अञ्जन’ले पेश गरेको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष महेन्द्रबहादुर रायमाझीले पेश गरेको आर्थिक प्रतिवेदन सर्बसम्मतले पारित भएको थियो ।

व्यवसायीका जायज मागप्रति सरकार प्रतिवद्ध बन्नुपर्नेमा जोड

प्रतिवेदन पेश गर्दै महासचिव शाक्यले व्यापारी, उद्योगी तथा व्यवसायीले देशको आर्थिक विकाशमा अहम् भुमिका निर्वाह गर्दै आएको बताउदै उनीहरुको समस्या समाधान र व्यवसायिक सहजताका लागि सरकारको सकारात्मक भूमिका रहनुपर्नेमा जोड दिए । यस्तै कोषाध्यक्ष रायमाझीले महासंघमा आवद्ध सबैको सहयोग, सद्भाव र समन्वयमा संस्था अगाडि बढ्न सकेको धारणा राखे ।

साधारणसभामा समाजका विभिन्न क्षेत्र तथा विधामा रहेर उल्लेखनीय कार्य गर्ने व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा ईश्वर गुभाजु, शशिभुमि श्रेष्ठ, कुसुम महर्जन, सुजपार्कका प्रमोद महतो र डिभिज ईन्टरप्राइजेज रहेका छन् ।

व्यवसायीका जायज मागप्रति सरकार प्रतिवद्ध बन्नुपर्नेमा जोड

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरुलाई महासंघले मायाको चिनोसमेत प्रदान गरेको थियो ।

व्यवसायीका जायज मागप्रति सरकार प्रतिवद्ध बन्नुपर्नेमा जोड

देशभरका व्यापारी, व्यवसायी तथा उद्यमीहरुको २१ भन्दा बढी संघहरु आवद्ध महासंघमा १० हजारभन्दा बढी सदस्यहरु आवद्ध रहेका छन् ।