नेपाली होटल व्यवसायी संघको ११ औ अधिवेशनले चयन गरेको नयाँ कार्यसमितिले आफ्नो कार्यभार सम्हालेको छ । संघको कार्यालय गंगवुमा मंगलबार आयोजित सपथ ग्रहण पश्चात उमेश सुवेदी (दिपेन)को नेतृत्वको नयाँ कार्यसमितिले आफ्नो जिम्मेवारी सम्हालेको हो ।

नेपाली होटल व्यवसायी संघको नयाँ कार्यसमितिले लियो सपथ

संघको गत शनिवार सम्पन्न अधिवेशनले सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

संघ गहकीलो र गर्विलो संस्था भएकाले यसको उचाई अझ थप्ने नवनिर्वाचित अध्यक्ष सुवेदीले बर्ता । उनले भने–‘११ औं अधिबेशनले हामीलाई नेतृत्व गर्ने अवसर दिएको छ अव बसपार्क क्षेत्रका समस्यालाई समाधान गर्न आफ्नो कार्यकालमा केही न केही नयाँ काम गरेर देखाउने छु ।’ उनले आफ्नो टिमलाई विजयी गराएकोमा व्यवसायीलाई धन्यवाद दिदै सबै व्यवसायी एकजुट भएर अगाडि बढ्ने समेत बताए ।

नेपाली होटल व्यवसायी संघको नयाँ कार्यसमितिले लियो सपथ

काठमाडौ उपत्यकाका विभिन्न क्षेत्रमा छरिएर रहेका साना तथा मझौला होटल व्यवसायीहरुको हकहित, व्यवसायीक सुरक्षा एवं यसलाई सेवामूखि व्यवसायका रुपमा विकसित गर्ने उद्धेश्यले विंसं. २०५७ सालमा स्थापित नेपाली होटल व्यवसायी संघले धेरै सामाजिक कार्य पनि गर्दै आएको छ ।

नेपाली होटल व्यवसायी संघको नयाँ कार्यसमितिले लियो सपथ

यो पनि पढनुहोस

https://cms.rojgarmanch.com/business/2019/02/5485/