नेपाली होटल व्यवसायी संघको ११ औ अधिवेशनले उमेश सुवेदी (दिपेन)को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । संघको शनिवार सम्पन्न अधिवेशनले सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन पश्चात भएको निर्वाचनमा निकटतम प्रतिद्धन्द्धि नारायण गुरुङलाई ५० मतले पराजित गर्दै सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन । सुवेदीले १८६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्धन्द्धि गुरुङले १३६ मत प्राप्त गरेका थिए ।

यस्तै प्रथम उपाध्यक्षमा जितबहादुर गिरी १८४ मत, द्धितीय उपाध्यक्षमा होमबहादुर थापा २०७ मत, महासचिवमा गणेश ढकाल २१४ मत, सचिवमा सिद्धबहादुर शाही १८८ मत, कोषाध्यक्षमा काजि बहादुर कटुवाल १८९ र सहकोषाध्यक्षमा चन्द्रबहादुर गोदार १८१ मत ल्याएर बिजयी भए ।

नेपाली होटल व्यवसायी संघको अध्यक्षमा सुवेदी निर्वाचित

कार्यसमिति सदस्यहरुमा इन्द्र प्रसाद ढकाल, सन्तोष बिक्रम जिसी, सामदेन लामा, भिम कुमार बिक, जयलाल श्रेष्ठ, इश्वर पण्डित, डासुराम पाण्डे, माया शेर्पा, युवराज पराजुली, बद्री पोखरेल र महिला सदस्यमा दुर्गा थापा निर्वाचित भए ।

नेपाली होटल व्यवसायी संघको अध्यक्षमा सुवेदी निर्वाचित

नवनिर्वाचित अध्यक्ष सुवेदीले निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै संक्षिप्त प्रतिक्रिया दिदै आफुहरुबीच नेतृत्वका लागि प्रतिष्पर्धा भएपनि पराजित पक्षलाई पनि साथमै लिएर आफु अघि बढने बताए । उनले मझौला तथा साना होटल एवं गेष्टहाउसहरुलाई थप व्यवस्थित र मर्यादित बनाउने, व्यवसायीक हक, हित तथा सुरक्षाका लागि लागिपर्ने र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी यस व्यवसायलाई थप मजबुद बनाउने काममा आफु प्रतिवद्ध भएर लागिपर्ने बताए ।

नेपाली होटल व्यवसायी संघको अध्यक्षमा सुवेदी निर्वाचित