आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय विकासका लागि नेपालको नीजि क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

सिन्धुली उद्योग वाणिज्य संघको आयोजनामा सिन्धुलीमाढीमा शुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ढकालले देशको विकासका लागि मलेशियाको प्रसंग उल्लेख गर्दै नीजि क्षेत्रको सहभागिताले देशको चौतर्फी विकासमा मुख्य भूमिका खेल्ने बताए ।

सन् २००१ मा स्थापना भएको आइएमई ग्रुपले रेमिटेन्स, बैंकिङ, सूचना–प्रविधि, उर्जा, पर्यटन, अटोमोटिभ, इन्सोरेन्स, ट्राभल, इन्फोटेन्टमेन्ट, हस्पिट्यालीटी लगायतका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्दै आइरहेको छ ।