सिद्धार्थ बैंक र शुभेक्षा इन्टरनेशनल हस्पिटलबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका कार्डबाहक, कर्मचारी र कर्मचारीका परिवारले अस्पतालमा स्वास्थ्य सेवा लिंदा ४० प्रतिशतसम्म छुट पाउने छन् । सम्झौतामा बैंकका प्रमुख पेमेन्ट सलुसन्स् सुरेसराज मर्हजन र हस्पिटलका प्रमुख कार्यकारी अधिकृृत होमप्रसाद अधिकारीले हस्ताक्षर गरे ।
बैंकका देशभर १२९ शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३९ एटिएम छन् ।








