काठमाडौंको न्युरोडमा रहेको रञ्जना ट्रेड सेन्टरमा व्यापार–व्यवसाय गर्ने व्यवसायीहरुको संगठन रञ्जना व्यापार संघले आफ्नो चौथो वार्षिक साधारणसभा भब्यताका साथ सम्पन्न गरेको छ ।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की श्रेष्ठको प्रमुख आतिथ्यता र संघका अध्यक्ष अञ्जन श्रेष्ठको सभापतित्वमा शुक्रवार मारवाडी भवनमा भएको साधारणसभामा साना तथा मझौला व्यवसायीहरुको समसामयिक समस्या र समाधानका विषयमा व्यापक छलफल भएको थियो ।

रञ्जना व्यापार संघको चौथो वार्षिक साधारणसभा सम्पन्न

सरकारको नियमानुसार व्यापार–व्यवसाय गरिरहेको भएता पनि सरकारले साना तथा मझौला व्यवसायीलाई माथि उठाउनु पर्नेमा उल्टै दुःख दिइरहेको आवाज साधारणसभामा उठेको थियो । संघका अध्यक्ष तथा राष्ट्रिय व्यवसायी महासंघका महासचिव अञ्जन श्रेष्ठले कार्यक्रमलाई संवोधन गर्दै भने–‘राज्यले तोकेको शुल्क तिर्न हामी तयार छौ तर राज्यले व्यापार गर्ने वातावरण बनाइदिनु पर्छ अनि सेवा सुविधा छिटो र सरल बनाइदिनु पर्छ ।’ देशमा अबको बहस आर्थिक विकासमा हुनु पर्ने भन्दै अध्यक्ष श्रेष्ठले स्वदेशमा नै व्यवसाय गर्नेहरुलाई सरकारले साथ दिनेमा आफुहरु आशावादी रहेकोे बताए ।

रञ्जना व्यापार संघको चौथो वार्षिक साधारणसभा सम्पन्न

करदाता कार्यालय न्यूरोडका प्रमुख डा. रामप्रसाद मैनालीले व्यवसायीहरुलाई कानूनसंगत चल्न आग्रह गर्दै उद्योगी व्यवसायीलाई सरकारले सदैव साथ दिने बताए ।

कार्यक्रममा नेपाल हिमालय सीमापार वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अशोक श्रेष्ठ, राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाललगायतले साना तथा मझौला व्यवसायीहरुका धेरै माग रहेका र त्यसलाई सरकारले वेवास्ता गर्न नहुने औल्याएका थिए ।

रञ्जना व्यापार संघको चौथो वार्षिक साधारणसभा सम्पन्न

कार्यक्रमकी प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीले अव सिस्टमबाट देश अगाडि बढिरहेको हुँदा सबै नियम कानून अनुसार चल्नुपर्ने बताउँदै उद्योगी व्यवसायीहरुलाई नियमानुसार काम गर्न आग्रह गरिन् । उनले भनिन्–‘नियम अनुसार चल्नुहोस् तपाईहरुको साथमा महानगरपालिका सदैव हुनेछ ।’

रञ्जना व्यापार संघको चौथो वार्षिक साधारणसभा सम्पन्न

साना तथा मझौला व्यवसायीहरुले राज्यका कारणनै धेरै समस्या झेल्नु परेको गुनाषो गर्दै आएका छन् ।

रञ्जना व्यापार संघको चौथो वार्षिक साधारणसभा सम्पन्न