आइएमई पेका सेवाग्राहीले बैंक अफ काठमाण्डूको खातामा लिंक गरेर आइएमई वालेटमा सिधै रकमान्तर गर्न सक्ने भएका छन् ।
आइएमई पे र बैंकबीच भएको सम्झौंता अनुसार बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्न सकिने भएको हो ।
बैंकका ग्राहकले आइएमई पेमार्फत रिचार्ज, मनि ट्रान्सफरदेखि अरु युटिलिटी पेमेन्ट गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।








