नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार राजधानीमा सम्पन्न चौथो महाशभाले सिताराम भट्टराईको अध्यक्षतामा नाफिजको नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।

अध्यक्षमा भट्टराईसहित उपाध्यक्षहरुमा इन्द्र बाँनिया, राजेश बर्मा र छविलाल बगाले निर्वाचित भएका छन् । यसैगरी संस्थाको महासचिवमा नारायणप्रसाद पौडेल, सचिवमा चन्दा कार्की र सहसचिवमा विजय दमासे निर्वाचित भएका छन् ।

कार्यसमितिको कोषाध्यक्षमा रोयल आचार्य निर्वाचित भएका छन् । यस्तै अधिवेशनले १९ सदस्य केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

आर्थिक पत्रकार संघमा भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

कार्यसमिति सदस्यहरुमा कृष्णप्रसाद भट्टराई, अर्जुन पन्त, प्रजिता बुढाथोकी, मल्लिका घिमिरे, मोहम्द अजमत अली, रोविन पौडेल, दिप्ती भट्ट, रिना खत्री, शान्ति श्रेष्ठ, डोमी शेर्पा र फणिन्द्र दाहाल सर्वसम्मतले निर्वाचित भएका छन् ।

महाशभामा करिब २ दशकदेखि आर्थिक विषयमा कलम चलाउदैै आएका बरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीलाई सम्मानसमेत गरिएको थियो ।

आर्थिक पत्रकार संघमा भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

नाफिजको महासभाको उद्घाटन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले मुलुक आर्थिक विकासतर्फ अग्रसर भएकाले पत्रकारले पनि सुशासन र विकासका पक्षमा कलम चलाएर मुलुकको समृद्धिका लागि सहयोग गर्नुपर्ने बताए ।

यस्तै कार्यक्रममा बोल्दै महालेखा परीक्षकको कार्यालयका महालेखा परीक्षक टंकमणि शर्माले आर्थिक विकासको मुद्दालाई उठान गरेर तथ्यमा आधारित समाचार सम्प्रेशन गर्न आर्थिक पत्रकारलाई सुझाव दिए ।

आर्थिक पत्रकार संघमा भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले आर्थिक पत्रकारले मुलुकको विकासका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिएका थिए भने नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकारितालाई मर्यादित बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे।

महाशभाको सूचना तथा प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले समापन गरेका थिए ।