स्वदेशमै गुणस्तरीय जुत्ता–चप्पल उत्पादन गर्दै आएका छाला जुत्ता कारखानाहरुले राजधानीको भृकुटीमण्डपमा दोश्रो राष्ट्रिय जुत्ता–चप्पलको औधोगिक प्रर्दशनी सुरु गरेका छन् ।

प्रर्दशनीको उद्घाटन गर्दे पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले स्वदेशी जुत्ता–चप्पल आत्मनिर्भरतातर्फ उन्मुख हुदै गैरहेकोमा खुसी व्यक्त गर्दै स्वदेशी उत्पादनलाई सरकारले अझ सहयोग गर्दै जाने बताए । खनालले आफ्नै देशको उत्पादनलाई माया र प्रोत्साहन गरिदिन उपभोक्ताहरुलाई आग्रहसमेत गरेका थिए ।

नेपाल जुत्ताचप्पल उद्योग ब्यवसायी संघको आयोजनामा मंसिर ७ गतेबाट सुरु भएको मेला मंसिर २६ गतेसम्म चल्ने छ । मेलामा नेपालका चर्चित ब्रान्ड केटिएम शुज, भेनस शुज, फुटस्टेप सुज, हाइलाइफ चप्पल, शुष्ठु फुटवेयर, जाल्पा फुटवेयर, प्रसंसा शुज, प्राइड स्वदेशी जुत्ता, प्यारागन फुटवेयरका जुत्ता चप्पल उपलब्ध छन् ।

दोश्रो राष्ट्रिय जुत्ता–चप्पल औधोगिक प्रर्दशनी भृकुटीमण्डपमा सुरु

‘एउटै छाता मुनी विभिन्न ब्राण्डका पुरुष तथा महिलाका जुत्ताचप्पल सस्तोमा छानीछानी लगाउन पाइन्छ’ आयोजक तथा भेनस सुजका प्रवन्ध निर्देशक जिवन श्रेष्ठले भने । उनले मेलामा पार्टी सुज, क्याजुअल सुज, स्पोर्टस सुज, क्वाटर बुट, फुल बुट, अफिसर बुटलगायत महिलाहरुको विभिन्न मोडलका जुत्ताचप्पल उपलब्ध रहेको बताए ।

स्वदेशी ब्रान्डका १ हजारभन्दा बढी डिजाइनका जुत्ता–चप्पलहरु मेलामा उपलब्ध रहेको बताउदै आयोजक तथा केटीएम शुजका प्रवन्ध निर्देशक प्रमोद महत्तोले विभिन्न ब्राण्डका ३ सय भन्दा बढी डिजाइनका नयाँ जुत्ताचप्पल प्रर्दशनीस्थलमै लन्च गरिन लागेको पनि जानकारी दिए ।

सस्तो, आकर्षक र गुणस्तरीय जुत्ता चप्पल प्रर्दशनीमा उपलब्ध गराएको जानकारी दिदै महतोले मेलामा आउने उपभोक्ताहरुले फ्याक्ट्री मुल्यमै जुत्ताचप्पल पाउने बताए । ‘हामीले डिलर, सबडिलर तथा रिटेल बिक्रेताको कमीशनवापतको रकम पनि छुट दिएर उत्पादन मुल्यमै उपभोक्ताहरुलाई जुत्ता–चप्पल बिक्रिवितरण गरेका छौ’ महतोले भने ।

दोश्रो राष्ट्रिय जुत्ता–चप्पल औधोगिक प्रर्दशनी भृकुटीमण्डपमा सुरु

मेलामा सवै उमेर समुहका उपभोक्ताका लागि छानी छानी लैजान सक्ने गरी विभिन्न आकर्षक मोडल रहेको हुदा प्रर्दशनी सुरु भएसँगै उपभोक्ताहरुको ठुलो भीड लागेको आयोजकको दावी छ । मेला विहान ९ देखि साँझ ७ वजेसम्म सञ्चालन भइरहेको छ । त्यसैले नेपाली जुत्ता चप्पल प्रयोग गरौं, स्वदेशी उत्पादनमा गर्व गरौ ।