स्वदेशमा उत्पादन भएका गुणस्तरीय र आधुनिक डिजाइनका जुत्ताचप्पलको मेलामा अवलोकनकर्ता तथा उपभोक्ताको भीड लाग्न थालेको छ । नजिकिँदै गएको ठूलो चाड दशैंलाई लक्षित गरि विभिन्न नेपाली जुत्ता कम्पनीले राजधानीको भृकुटीमण्डपमा महाकुम्भ मेलाको आयोजना गरेका हुन् ।

नेपाल जुत्ताचप्पल उद्योग ब्यवसायी संघको आयोजनामा असोज २ गतेबाट सुरु भएको मेला दशैंसम्म लाग्ने छ । राजधानीको मृकुटीमण्डप प्रवेशद्वार नजिकै लागेको मेलामा जुत्ता उत्पादकहरुले फ्याक्ट्रीमा जुत्ता उत्पादन गर्न लाग्ने लागतमै उपलब्ध गराउने जानकारी दिएका छन् ।

भृकुटीमण्डपमा जुत्ताचप्पलको महाकुम्भ मेलामा भीड

स्वेदेशी जुत्ताचप्पल लगाउने बानी बसाउन र नेपालीहरुको आकर्षण बढाउन उत्पादन मूल्यमै जुत्ता चप्पल उपलब्ध गराएको मेला संयोजक तथा केटिएम सुजका प्रबन्ध निर्देशक प्रमोदकुमार महत्तोले बताए । ‘होलसेलर, डिलर, रिटेलरलाई दिनु पर्ने कमिसन कटाएर सिधै ग्राहकलाई बेच्न पाइने भएकाले सस्तोमा जुत्ताचप्पल उपलब्ध गराउन सकिएको हो’ आयोजक महत्तोले भने –‘एउटै छाता मुनी एक हजारभन्दा बढि डिजाइनका पुरुष तथा महिलाका जुत्ताचप्पल मेलामा सस्तोमा छानीछानी लगाउन पाइन्छ ।’

भृकुटीमण्डपमा जुत्ताचप्पलको महाकुम्भ मेलामा भीडभृकुटीमण्डपमा जुत्ताचप्पलको महाकुम्भ मेलामा भीड

मेलामा पार्टी सुज, क्याजुअल सुज, स्पोर्टस सुज, क्वाटर बुट, फुल बुट, अफिसर बुट, महिलाको जुत्ताचप्पल उपलब्ध छन् । महाकुम्भ मेलामा केटिएम शुज, भेनस शुज, प्यारागन फुटवेयर, फुटस्टेप सुज, हाइलाइफ शुज, वकर शुज जाल्पा फुटवेयर) र सुस्टु फेसन फुटवेयरका जुत्ताचप्पल उत्पादक कम्पनीहरुको सहभागीता छ ।

मेलामा आाफूलाई मात्र जुत्ताचप्पल किन्न आएका अधिकांश ग्राहकले सस्तोमा पाएपछि परिवारका अन्य सदस्यका लागिसमेत किनिरहेको भेनस सुजका संचालक जीवन श्रेष्ठले जानकारी दिए ।

मेलामा सवै उमेर समुहका उपभोक्ताका लागि छान्न पाउने धेरै भेराइटीहरु छन् । खासगरी युवाले मेलाको जुत्ता मन पराएको आयोजकको दावी छ । मेला विहान ९ देखि साँझ ७ वजेसम्म सञ्चालन भइरहेको छ । त्यसैले नेपाली जुत्ता चप्पल प्रयोग गरौं, स्वदेशी उत्पादनमा गर्व गरौ ।