साना तथा मझौला व्यवसायीहरुको छाता संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले विभिन्न कार्यक्रम गरी आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । गत बर्ष भदौ १ गते स्थापना भएको महासंघमा १९ वटा विभिन्न संघहरु आवद्ध रहेका छन् ।

स्थापना दिवसको अवसरमा राजधानीमा शुक्रवार आयोजित ‘आँखादान तथा अन्र्तक्रिया कार्यक्रममा’ ८३ जनाले नेत्रदान गरेका छन् । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा व्यवसायीहरुले आफुहरुले भोग्नु परेका समसामयिक समस्याका बारेमा चर्चा गरेका थिए ।

राष्ट्रिय व्यवसायी महासंघको स्थापना दिवसमा ८३ जनाले गरे नेत्रदान

सरकारले व्यवसायीहरुको घाँटी थिचेर दोहोरो कर लगाइरहेको र व्यवसाय गर्ने वातावरण नबनाएको भन्दै महासंघका अध्यक्ष नरेश कटुवालले केरुङ नाकामा व्यवसायीहरुले खेप्नुपरेको समस्यामा बारेमा सरकारले वेवास्ता गरेको बताए । उनले भने–‘केरुङ नाकामा रसुवावासीलाई मात्र पास उपलब्ध गराउँदा आम व्यवसायीहरु मारमा परेका छन् ।’

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर खड्काले व्यवसायीका समस्यालाई आफुहरुले नजिकबाट बुझेको र महानगरपालिकाको तर्फबाट यसको सुनुवाई गरिने प्रतिवद्धता जनाइन् ।

राष्ट्रिय व्यवसायी महासंघको स्थापना दिवसमा ८३ जनाले गरे नेत्रदान

व्यवसायीहरुले काठमाडौमा व्यवसाय गर्दा फोहोर र धुलोमैलोका कारण विरामी नै पर्ने गरेको जनाउँदै सफा र स्वच्छ काठमाडौं बनाउन आग्रह समेत गरे ।

साना उद्योगी व्यवसायीको व्यावसायिक हक र अधिकारका लागि लामो समयदेखि लड्दै आएको महासंघले गत फागुन ५ मा पहिलोपटक ऐतिहाँसिक महाधिवेशन गरेर नरेश कटुवालको अध्यक्षतामा पहिलो निर्वाचित कार्यसमिति चयन गरेको थियो ।

राष्ट्रिय व्यवसायी महासंघको स्थापना दिवसमा ८३ जनाले गरे नेत्रदान

महासंघले भन्सारमा सबै व्यवसायीलाई पहुँच र सहजीकरण गर्नुपर्ने, ढुवानीमा भएको सिण्डिकेट प्रथा हटाउनुपर्ने, व्यावसायिक शिक्षा पाठ्यक्रममा समावेश गर्नुपर्नेलगायतका कुरालाई प्रमुख मुद्दाका रूपमा उठाउदै आएको छ ।

यस्तै धुवाँधुलो तथा फोहरमुक्त वातावरण कायम गर्नुपर्ने, लगानीको सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने, लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने, न्यूनतम ब्याजदरमा व्यवसायी ऋण उपलब्ध गराउनुपर्ने, युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्नुपर्नेलगायतका समस्यालाई समेत महासंघले उठाइरहेको अध्यक्ष कटुवालको भनाई छ ।

राष्ट्रिय व्यवसायी महासंघको स्थापना दिवसमा ८३ जनाले गरे नेत्रदान