माछापुच्छ्रे बैंक लिमिटेडको सुपर एजेन्ट भई कार्य गर्न जिएमई रेमिट प्रा.लि. नियुक्त भएको छ । उक्त सुपर एजेन्ट सम्बन्धी सम्झौतामा जिएमई रेमिटकोतर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरेका छन् ।
सम्झौता बमोजिम माछापुच्छ्रे रेमिटमार्फत पठाएको रकम जिएमई रेमिटको नेपालभर रहेका ७००० भन्दा बढी एजेन्ट मार्फत भुक्तानी पाउन सकिनेछ भने जिएमई रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको रकम माछापुच्छ्रे बैंकले आफ्नो शाखाहरुमार्फत भुक्तानी सेवा प्रदान गर्नेछ ।
हाल जिएमई रेमिटले खाडि मुलुकहरु, अमेरिका, यू.के, मलेसिया, दक्षिण कोरिया, जापानलगायतका देशहरुबाट रेमिट्यान्स कारोवार गदै आएको छ ।








