काठमाडौँ । नेपाल व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईले नेपाल सरकारका उच्चपदस्थ अधिकारी तथा निजी क्षेत्रका अगुवाहरुसँग भेटघाट गर्दै कतारमा सफल नेपाली व्यवसायीहरुको जीवनसंघर्ष समेटिएको पुस्तक ‘संघर्षबाट समृद्धितर्फ’ हस्तान्तरण गरेका छन्।

कतारमा सफल नेपाली व्यवसायीहरुको संघर्ष समेटिएको पुस्तक उच्चपदस्थ व्यक्तित्वहरुलाई हस्तान्तरण

अध्यक्ष चम्लागाईले नेपाल सरकारका परराष्ट्र मन्त्री बालानन्द शर्मा, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खडका तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालसँग भेटवार्ता गरेका थिए। सो अवसरमा उनले कतारलाई कर्मभूमि बनाएर व्यवसायमा सफलता हासिल गरेका नेपाली व्यवसायीहरुको कथा समेटिएको उक्त पुस्तक प्रदान गरेका हुन्।

कतारमा सफल नेपाली व्यवसायीहरुको संघर्ष समेटिएको पुस्तक उच्चपदस्थ व्यक्तित्वहरुलाई हस्तान्तरण

पुस्तकमा कतारमा व्यवसाय गर्दै आएका ६८ जना नेपाली व्यवसायीहरुको जीवनसंघर्ष समेटिएको छ। कतार प्रवेश गरेदेखि उनीहरुले भोग्नुपरेका चुनौती, आरोह–अवरोह र सफलतासम्मको यात्रालाई सरल भाषामा प्रस्तुत गरिएको अध्यक्ष चम्लागाईले बताए।

कतारमा सफल नेपाली व्यवसायीहरुको संघर्ष समेटिएको पुस्तक उच्चपदस्थ व्यक्तित्वहरुलाई हस्तान्तरण

उनका अनुसार पुस्तकमा समेटिएका अनुभवहरुले कतारमा व्यवसायमा प्रवेश गर्न चाहने नेपाली युवाहरुलाई प्रेरणा दिने र सफलता हासिल गर्न कस्तो मेहनत आवश्यक पर्छ भन्ने स्पष्ट सन्देश दिने विश्वास गरिएको छ।

अध्यक्ष चम्लागाईले उच्चपदस्थ व्यक्तित्वहरुसँग भेटवार्ता गर्ने अवसर मिलेकोमा आभार व्यक्त गर्दै नेपाली व्यवसायीहरुको अनुभव र संघर्षले आगामी पुस्तालाई मार्गदर्शन गर्ने अपेक्षा व्यक्त गरे।