युएईमा अहिलेसम्मकै ठूलो धनराशीको नेपाली फुटवल प्रतियोगिता ‘प्रथम जिसिडि कप–२०२५’ को उपाधी नख्खील गोर्खा फुटबल क्लबले जितेको छ ।

जिसिडि रोयल गोर्खा फुटबल क्लबको आयोजनामा दुवईको दुलस्को क्याम्पको फुटबल मैदानमा आयोजित उक्त प्रतियोगिता फेब्रुअरी २२ देखि २३ सम्म चलेको थियो । प्रतियोगिताको उपबिजेता न्यु ब्वाइज फुटबल क्लव भएको थियो भने फेयर प्लेयर क्लवको उपाधी मेची महाकाली फुटबल क्लवले पाएको छ ।

प्रतियोगितामा प्रथम हुने नख्खील गोर्खा फुटबल क्लबले ट्रफिसहित ८ हजार १ युएई दिराम पुरस्कार पाएको छ भने उपविजेता न्यु ब्वाइज फुटबल क्लवले ४ हजार १ युएई दिराम प्राप्त गरेको छ । प्रतियोगितामा १६ टिमको सहभागि रहेको थियो ।

युएईकै सबैभन्दा ठुलो धनराशीको ‘प्रथम जिसिडि कप’को उपाधी नख्खील गोर्खा क्लबले उचाल्यो

दुई २ चरणमा सम्पन्न प्रतियोगिताको पहिलो चरण अन्तर्गत उदघाटन समारोह फेब्रुअरी २२ को बेलुका ९ बजे सुरु भएको थियो भने लगातार १५ घण्टासम्म चलेको प्रतियोगिता दोश्रो चरणको समापण समारोहसहित फेब्रुअरी २३ गते अपरान्ह सम्पन्न भएको थियो ।

जिसिडि ग्रुपका अध्यक्ष रमेश श्रेष्ठको जेष्ठ सुपुत्र उज्जल श्रेष्ठको सभापतित्व तथा दूतावासका लेवर काउन्सेलर दिपेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उदघाटन समारोहमा दूतावासका श्रम सहचारी पंकजलाल कर्ण, गैरआवासिय नेपाली संघ युएईका अध्यक्ष विकास शाही, नेपाली जनसम्पर्क समिति युएईकाका सभापति भवानी प्रसाद तिमल्सिना, प्रवासी नेपाली मंच युएईका अध्यक्ष बाबुराम सापकोटा, नेपाली जन प्रगतिशील मञ्चका अध्यक्ष लक्ष्मण खनाल, एनआरएनका आइसीसी सचिव मनोज कुमार श्रेष्ठ, नेपाली काङ्ग्रेस महासमिति सदस्य दिनेश बहादुर गुरुङ, जनसम्पर्क समिति यूएईका संरक्षक तथा एनआरएनए आइसीसी सदस्य खेमलाल बस्नेत लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

युएईकै सबैभन्दा ठुलो धनराशीको ‘प्रथम जिसिडि कप’को उपाधी नख्खील गोर्खा क्लबले उचाल्यो

यस्तै आज अपरान्ह आयोजित समापन समारोह जिसिडि ग्रुपका अध्यक्ष तथा गैरआवासिय नेपाली संघ मध्यपूर्वी क्षेत्रीय उपसंयोजक रमेश श्रेष्ठको सभापतित्व तथा नेपाली काङ्गे्रसका प्रवक्ता तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

युएईकै सबैभन्दा ठुलो धनराशीको ‘प्रथम जिसिडि कप’को उपाधी नख्खील गोर्खा क्लबले उचाल्यो

प्रतियोगितामा सहभागी टिम, समर्थक तथा सहयोगी सबैप्रति आभार प्रकट गर्दै जिसिडि ग्रुपका अध्यक्ष रमेश श्रेष्ठले प्रवासमा रहेर पनि काम गर्ने शिलशिलामा आएका नेपालीहरुले आफ्नो खेलप्रति देखाएको माया र झुकावको खुलेरै प्रशंसा गरे ।

उनले यस प्रतियोगितालाई आगामी संस्करणमा अझ उत्कृष्टताका साथ आयोजना गरिने प्रतिवद्धता व्यक्त गर्दे दोश्रो संस्करणको जिसिड कपमा पुरस्कार राशी दोब्बर बनाउनेसमेत घोषणा गरेका छन ।