गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी) मलेसियाको नेतृत्व परिवर्तनसँगै आयोजित दसैं, तिहार तथा छठ पर्ब विशेष शुभकामना आदानप्रदान कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ ।

एनआरएनए एनसीसी मलेसियाका नवनियुक्त अध्यक्ष राकेश प्रसाद महतो “आरके” को सभापतित्वमा होटल ग्राण्ड कन्टिनेण्टलमा आयोजित कार्यक्रममा एनआरएनए आइसीसीका एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरिप्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो भने मलेसियामा रहेका विभिन्न नेपाली संघ–संस्था, बैंक तथा रेमिट्यान्स कम्पनीका प्रमुख लगायतको आतिथ्यता रहेको थियो ।

महतोले नेतृत्व लिएपछि एनआरएनए मलेसियाले गर्‍यो भब्य ‘शुभकामना आदानप्रदान’ कार्यक्रम

कार्यक्रममा सहभागी सबैलाई नजिकिदै गरेको चाडपर्वको शुभकामना दिदै एनआरएनए मलेसियाका अध्यक्ष महतोले आफू संघमा केही लिन नभएर दिन आएको बताए । उनले आफुले गरेका प्रतिबद्धता अनुसार संघलाई थप सुदृढीकरण र ब्यबस्थित बनाउदै लैजाने र सबैको उचित सुझाव ग्रहण गर्दै सबैलाइ मिलाएर लैजाने प्रयास सदैब रहने बताए ।

शुुभकामना मन्तब्य दिदै एनआरएनए मलेसियाका उपाध्यक्ष हेमराज सापकोटाले संघप्रति दुराग्रह नराख्न सबैलाई आग्रह गर्दै आफुले गरेका पूर्वसहमतिलाई पालना गर्दै मिलेर जानुको बिकल्प नरहेको बताए ।

यस्तै नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पङ्गेनीले शुभकामना मन्तव्य राख्दै राज्यको सम्वन्धित निकायले विशुद्ध सामाजिक संस्थाको कार्यक्रमलाई उपेक्षा गर्नु उदेक लाग्दो भएको बताए ।

महतोले नेतृत्व लिएपछि एनआरएनए मलेसियाले गर्‍यो भब्य ‘शुभकामना आदानप्रदान’ कार्यक्रम

प्रमुख अथिथि एवं एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरिप्रसाद भट्टराईले लिखित आमन्त्रण गर्दा समेत राज्यका संस्थाले कार्यक्रममा उपस्थिती यो विषयलाई गम्भीर भएर हेर्नुपर्ने बताए । साथै उनले आफ्नो तर्फबाट एनआरएनए मलेसियालाई सदैब साथ सहयोग रहने बताए ।

कार्यक्रममा नेपालबाट आमन्त्रित तथा स्थानीय कलाकारहरुले मनोरञ्जनात्मक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।