अस्ट्रेलियाको पर्थमा यही फेब्रुअरी ९ र १० तारिखमा हुन गैरहेको सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल पर्थ पुगेका छन ।

पराष्ट्रमन्त्री एनपी साउद सहभागी हुने कार्यक्रमका लागि राजदूत पोखरेल पर्थ पुगेका हुन । मन्त्री साउद आजै राती पर्थ आइपुग्ने कार्यक्रम रहेको पनि राजदूत पोखरेलले बताए ।

सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन राजदुत पोखरेल पर्थमा

राजदूत पोखरेललाई स्वागत गर्न वेष्टर्न अष्ट्रेलियाका कन्सुलर जनरल फ्रेड ब्राउन, एनआरएनए पर्थका सम्योजक शेखर घिमिरे, एनआरएनए आइसीसी सल्लाहकार भैरव ढकाल, एनआरएनए पर्थका सचिब किशोर कुवर, एनआरएनए पर्थका युवा सम्योजक मनिश सिग्देल, एनआरएनए पर्थका सल्लाहकार कृष्णमान श्रेष्ठ, जनसम्पर्क समिति वेस्टर्न अष्ट्रेलियाका सभापति राजेश बुढाथोकी बिमानस्थल पुगेका थिए ।

सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन राजदुत पोखरेल पर्थमा

मन्त्री साउदले फेब्रुअरी १० मा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राजदूत पोखरेलले बताए । यस्तै पर्थमा रहँदा अस्ट्रेलियाको विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्ने तथा सम्मेलनमा सहभागी मित्र राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको पनि उनले बताए ।

सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन राजदुत पोखरेल पर्थमा

अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनद्वारा हरेक वर्ष आयोजना हुदै आएको हिन्द महासागर सम्मेलनको यो सातौ संस्करण हो ।

सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन राजदुत पोखरेल पर्थमा