ओमानमा नेपालीका बिभिन्न २ दर्जन संस्थाहरुको बीचमा कान्छो संस्थाको रुपमा नेपाली किराँत समाज ओमान स्थापना भएको छ ।

गत शुक्रबार ओमानमा रहेका किराँत समुदायका नेपालीहरुले याम लिम्वुको अध्यक्षतामा २५ सदस्यीय तदर्थ समति गठन गरेर नेपाली किराँत समाज ओमानको स्थापना गरेका हुन् ।

ओमानस्थित रुशेल गार्डेनमा भएको किराँतीहरुको भेलाले उपाध्यक्षहरुमा शंकर राई, रन्जिता राई, अर्जुन राई र प्रबिण राई तथा महासचिबमा टीकाराम राई, सचिबमा गोपाल बान्तावा राई, कोषाध्यक्षमा कुसल्ता राई र सहकोषाध्यक्षमा रमेश लावति चयन भएका छन् ।

त्यसैगरी केन्द्रिय सदस्यहरुमा सन्दीप चेम्जोङ, बिबेक बान्तावा राई, रमेश तुम्बाहाङ्फे, निस्मा राई, पदम राई, मिङ्सो हाङ लिम्बु, शोभादेबी राई, सुजन शेर्मा लिम्बू, दिपेस राई, खपन साम्पाङ राई, पुजा लावाती, आसिक राई, सुम्निमा राई, सरस्वती लिम्बू, नितेस राई, सुजन लिम्बूलाई चयन गरेको छ । त्यस्तै सल्लाहकारहरुमा गणेश राई र जितेन लावती चयन भएका छन् ।

याम लिम्वुको अध्यक्षतामा नेपाली किराँत समाज ओमानको तदर्थ समिति गठन

भेलाले ४ महिना भित्र पूर्ण समिति गठन गरि अघि बढ्ने एबं किराँतीहरुको अन्य देशमा रहेका समाजहरुसंग समन्वय गर्दै यथासक्य समाजसेवा गर्ने निर्णय गरेको छ । बार्षिक रुपमा किराँतीहरुको चाडपर्व प्रवाशमा पनि भव्य रुपमा मनाउने छलफल पनि पारित गरेको छ ।

लगभग ५० जना उपस्थित भेलामा सहभागी सम्पूर्ण र तदर्थ समितिमा चयन हुनुभएका पदाधिकारी र सदस्यहरुलाई तदर्थ समितिका अध्यक्ष याम लिम्वुले धन्यवाद व्यक्त गरेका थिए ।