कतारमा नेपाली व्यवसायीको लगानीमा ‘हेरमोसा ब्युटी सेन्टर’ संचालनमा आएको छ । अल अस्मख मल कतारमा नर्यावर्ष २०२३ को जनवरी १ देखि संचालनमा ल्याइएको उक्त ब्युटी सेन्टरमा नेपालीलाई बिशेष छुटको ब्यवस्था रहेको संचालकहरुले बताएका छन् ।

कतारमा रहेका नेपाली ब्यवसायी पुर्ण बहादुर पोखरिया र राकेश श्रेष्ठले कतारको अल सादमा रहेको अल अस्मख मलमा लेडिज सैलुन हेरमोसा ब्युटी सेन्टरको सुरुवात गरेका हुन् ।

अल अस्मख मलको बेसमेन्टमा रहेको हेरमोसा ब्युटी सेन्टरमा मेकअप र सुन्दरतासँग जोडिएका सबै कार्य गरिने संचालकहरुले जानकारी दिएका छन् । यसरी ठूलो लगानीमा कतारको मलमा नेपालीहरुबाट खोलिएको यो पहिलो ब्युटी ब्यावसाय रहेको बताइएको छ ।

कतारी नागरिक अली मुबारक र संचालकद्वयले रिवन काटेर समुदघाटन गरी सन्चालनमा ल्याईएको उक्त पार्लर लेडिज पार्लर रहेको संचालक पोखरियाले बताए ।

कतारमा नेपाली ब्यवसायी पोखरीयालगायतको टिमले खोल्यो ‘हेरमोसा ब्युटी सेन्टर’

गैरआवासीय नेपाली संघ एनआरएनए आईसिसि सदस्य, नेपाली ब्यवसायी संघ कतारका सचिव, अन्तराष्ट्रिय नेपाली युवा उद्यमी महासंघ मध्यपूर्वका अध्यक्ष समेत रहेका पोखरिया कतारमा सफल ब्यावसायी मानिन्छन् ।

उक्त ब्युटी सेन्टरको सुरुवातीपछि संचालक पोखरियाले उपस्थित सबैलाई हार्दिक धन्यवाद दिँदै उदघाटनको अवसरमा ४० प्रतिशत छुटको ब्यवस्था रहेकाले समयमै यसको फाइदा उठाउन अनुरोध गरेका छन् । उक्त उद्घाटन कार्यक्रममा नेपालीहरूको बाक्लो उपस्थित रहेको थियो ।

लमजुंगमा जन्मिएका पुर्ण पोखरिया र गोर्खा स्थायी घर भएका राकेश श्रेष्ठले सञ्चालनमा ल्याएको उक्त ब्यवसायको उदघाटन कार्यक्रममा कतारमा रहेका विभिन्न संघ संस्थाका पदाधिकारी तथा सामाजिक व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो ।