भारतको उत्तराखण्डको उत्तराकाशीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २६ जनाको ज्यान गएको छ ।

दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् । कुल २८ तीर्थयात्री बोकेर मध्यप्रदेशको पाना जिल्लाबाट उत्तराखण्डको यमुनोत्री धाम जाँदै गरेको बस दुर्घटनामा परेको हो ।

बसमा चालक र सहचालकसहित ३० जना रहेका बीबीसी हिन्दीले जनाएको छ । समाचार अनुसार दुर्घटनामा गम्भीर भएकाको उत्तराखण्डको अस्पतालमा उपचार भइरहेको छ ।

भारतीय प्राधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाका परिवारलाई दुई लाख भारतीय रुपैयाँ र घाइतेहरुको उपचारका लागि ५० हजार भारतीय रुपैयाँ दिने बताएका छन् ।