नेपालको स्थापित र अग्रणी ब्राण्ड खुकुरी रमले आफ्नो प्याकेजिङ परिवर्तन गरेर जापानमा एक कार्यक्रमकाबीच अनावरण गरेको छ।

जापानको लागि बिगत २२ बर्षदेखी आधिकारिक बिक्रेताको रुपमा रहँदै आएको मयुर कर्पोरेसन लिमिटेडले आईतवार टोकियोमा एक कार्यक्रम गरी खुकुरी रमको परिवर्तित प्याकेजिङ अनावरण गरेको हो ।

मयुर कर्पोरेसनका प्रबन्ध निर्देशक अरुण कुमार श्रेष्ठले सुरुवाती दिनमा नेपाली ब्राण्डलाई जापान भित्राउँदा धेरै संघर्ष गर्नुपरेको बिगतलाई स्मरण गर्दै नेपाली उत्पादन जापान ल्याइने प्रयोजनकै सन्दर्भमा आफुले मुद्दा मामिलाकोसमेत सामना गर्नुपरेको बताए ।

मयुर कर्पोरेसन जापानद्धारा नेपाली ब्राण्ड खुकुरी रमको परिवर्तित प्याकेजिङको अनावरण, जापानभर बिक्री सुरु

जापानमा नेपालबाट मदिराजन्य पदार्थ भित्राउँने योजनासहित बिभिन्न निकायहरुमा पुग्दा जापानमा नेपालबाट मदिराजन्य पदार्थ भित्रयाउँन नपाईने नियमले आफुलाई तत्कालिन समयमा धेरै पिडा बोध भएको उनले बताए । पछि निश्चित दायरा पुरा गरी मदिरा भित्र्याउन पाइने नियम बने पछि बिभिन्न क्षेत्र र ब्यक्तिहरुको सहयोगले जापानमा मदिराजन्य पदार्थ भित्राउँन सफल भएको उनले बताए । मदिरा भित्र्याउन सफल भएपनि सुरुवाती समयमा बजारिकरणको समस्याले आधा सामान बिक्री गर्दा आधा सामानको मिती गुज्रेर नष्ट गर्नुपरेको तितो अनुभव उनले सुनाए ।

मयुर कर्पोरेसन जापानद्धारा नेपाली ब्राण्ड खुकुरी रमको परिवर्तित प्याकेजिङको अनावरण, जापानभर बिक्री सुरु

खुकुरी रमको प्याकेजिङ परिवर्तन भए पनि स्वादमा भने कुनै परिवर्तन नभएको जनाईएको छ । अनावरण कार्यक्रम नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष बिजय थकाली, एनआरएनए एसिया प्यासिफिक उप९संयोजक ददिवल खड्का, एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकारहरुको उपस्थिति रहेको थियो ।