नेपाली राजदुतावास मस्कटको संयोजन तथा गैरआवासीय नेपाली सोसल क्लव ओमानको आयोजनामा जनजागरण तथा सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ ।
गैरआवासीय नेपाली सोसल क्लव ओमानका प्रथम उपाध्यक्ष गुणहरी अधिकारीको सभापतित्व तथा नेपाली राजदूतावास मस्कटकी राजदूत महामहिम शर्मिला पराजुली ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिषेश अतिथिका रुपमा गैरआवासीय नेपाली संघका सचिव डि।वि छेत्री तथा लेखन कलामा बहुप्रतिभा भएका मनोज कुमार चन्द तथा अतिथिकारुपमा दूतावास परिवार र ओमानमा रहेका बिभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सोसल क्लबका द्धितिय उपाध्यक्ष केशवलाल श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संयोजक सेवन्त पुर्जा पुनले कार्यक्रमको विषयमा प्रोजेक्टरमार्फत प्रस्तुती दिएका थिए । संयोजक पुनले ४ शिर्षक स्वास्थ्य सुरक्षा, ओमानको ट्राफिक नियम, ओमानको नियमकानुन, नेपालको कानुनको बारेमा संक्षेपमा आङ्खनो प्रस्तुती देखाउदै यसबाट सुरक्षित रहने उपाय प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपालबाट आएका विशेष अतिथि तथा कलाकार मनोजकुमार चन्दको अद्धितिय लेखनकलाले सबैलाई उत्साहित बनाएको थियो । एकैपटक दुई हातले, सुल्टो, उल्टो, मुखले, खुट्टाले र कुहिना समेतले लेखेर देखाउ“दा कार्यक्रममा थप रोचकता थपेको थियो । हरेका मान्छेमा कुनै न कुनै कला हुने र त्यसलाई पहिचान गर्न सकेको खण्डमा आङ्खनो जस्तो कला देखाउन सकिने बताउ“दै चन्दले सानैदेखि आङ्खना बालबच्चालाई दुवैहातले लेख्न प्रोत्साहन गर्न पनि अनुरोध गरे ।
कार्यक्रममा बोल्दै एनआरएनए सचिव डि।बि छेत्रीले आफै शर्तक भएमा धेरै दुर्घटनाबाट बच्न सकिने भएकोले थोरै मात्रामा भएपनि सजक हुन तथा स्वास्थ्य सुरक्षा, ट्राफिक नियम जस्ता बिषयमा जागृत रहनुपर्ने बताए । यस्तै प्रमुख अतिथि नेपाली राजदूतावास ओमानकी राजदूत शर्मिला पराजुली ढकालले यो कार्यक्रम फरक खालको र जनमानसको हितमा रहेको बताउदै यस्ता कार्यक्रम संयोजन गर्न पाएकोमा दूतावास परिवार खुशी रहेको बताइन ।
कार्यक्रमको समापन गर्दै सभापति गुणहरी अधिकारीले कार्यक्रम आयोजनाका लागि संयोजन गरिदिएकोमा राजदूतावास परिवारलाई धन्यबाद दिदै कार्यक्रमले प्रवाह गरेको सन्देश आफुमा मात्र सीमित नराखि आङ्खना चिनजानका साथीहरुमा पनि प्रवाह गर्न आग्रह गरे ।








