मलेशियाबाट मेडिकल अनफिट भई स्वदेश फिर्ता
योगेन्द्र योगेन/मलेशिया-
बैदेशिक रोजगारीको सिलसिलामा आज भन्दा २२ दिन अगाडी मलेशिया आईपुगेका गोविन खतबे मेडिकल अनफिट भई गत २ तारिकका दिन स्वदेश फर्कीएका छन् ।
पहिलो मेडिकल चेकअफमा नै छातीमा ठुलो दाग देखिएको कारण खतबे स्वदेश फर्कीएका हुन् । बानेस्वर स्थित निम्बुस मेनपावरबाट मलेशिया प्रबेस गरेका थिए । उनको घरको आर्थिक अबस्ता अति कमजोर रहेकाले सहयोग स्वरूप नेपाली श्रमि साथीहरु बाट सहयोग रकम संकलन गरी नेपाल पठाउने तयारी भई रहेको प्राप्त समाचारमा जनाईएको छ ।
Read more »
नेपाली एकता समाज मलेशियाको विदाई कार्यक्रम सम्पन्न
निलाई नेपाली एकता समाज मलेशियाले आफनो ३ बर्षे कार्य अबधि पुरा गरि स्वदेश फर्किने
पूर्वअध्यक्ष र पूर्व उपसचिब सहित १२ जना सदस्यहरुलाई विदाई गरको छ ।निलाई स्थित
युनाईटेड मोरको नेपाली क्यान्टिनमा ३१/०८/२०१० को दिन विदाई कार्यक्रमको आयोजना छ ।
विदाई भएर जाने १२ जना सदस्यहरुलाई नेपाली एकता समाजको तर्फबाट नेपाली एकता
समाजको चिन्ह अँकित फोटो फ्रेम सहित उपहार पनि प्रधान गरेको छ ।
Read more »
मदन-हरिवंश विज्ञापन प्रतिनिधि

काठमाडौँ । वेस्टर्न युनियन मनी ट्रान्सफरले वरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई विज्ञापन प्रतिनिधिमा चयन गरेको छ । वेस्टर्न युनियनले विशेष बजार व्यवस्थापन कार्यक्रम यस क्याम्पेनअन्तर्गत कलाकारद्धय महलाई चयन गरेको हो ।
युनियनले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी कलाकारद्वयमार्फत युनियनको ब्राण्डलाई नयाँ रूपमा प्रस्तुत गर्न लागेको जानकारी दियो ।
Read more »
चार दिनदेखि एयरपोर्टमा अलपत्र
मलेसिया , रोजगारीको सिलसिलामा मलेसियामा आएका चार युवा मलेसियाको एयरपोर्टमा चार दिनदेखि अलपत्र परिरहेका छन । अलपत्र पर्नेमा काभ्रेका निकेश केसी,अर्घाखाचीका अशोक श्रेष्ठ,रामेछापका खडग वहादुर राउत र सुर्खेतका भुपेन्द्र कामी रहेका छन ।
क्वालालम्पुर नजिकै रहेको सेरेम्वानको पोनक टिम्वर एसडिएन विचएडिको कागजपत्र वोकेका उनीहरुलाई मलेसियामा पुष्प सुवेदीको ठेगाना दिएर पठाएको भएपनि पुष्प भने थाईलैण्डमा रहेको निकेशले बताए ।
Read more »
यसरी सम्झिए वैदेशिक रोजगार व्यवसायीले कालो दिन
काठमाडौं, - नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आजको दिनलाई देशभर कालो दिवसका रूपमा मनाएका छन् ।
व्यवसायीहरूले मीनभवनस्थित ट्रलिबस अगाडिबाट विरोध र्याली निकालेर २०६१ साल भदौ १६ मा भएको विध्वंसात्मक घटनाको स्मरण गरे । र्याली बानेश्वर बुद्धनगर हुँदै थापागाउँको अनमोल क्याटरिङमा गएर सभामा परिणत भएको थियो ।
Read more »
मलेसियाको श्रममा समस्या आउने संकेत
अहिले सबैभन्दा बढी नेपाली कामदार जाने मुलुक मलेसियाको श्रम बजारमा समस्या आउन सक्ने वैदेशिक रोजगार व्यवसायीले बताएका छन् ।
गत महिना मलेसियामा एक नेपालीको मृत्यु कम्पनीको बेवास्ताका कारण भएपछि निस्किएको भीडले तोडफोड गर्न लागेपछि यस्तो अवस्था आउन लागेको उनीहरूले बताए । मलेसियाले नेपाली कामदारले गरेको हिंस्रक प्रदर्शनबारे मन्त्रिपरिषद्मा छलफल गर्न लागेको छ ।
Read more »